७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

बर्दिया राष्ट्रिय निकुञ्ज वरपर मानव–वन्यजन्तु द्वन्द्व चर्किँदै, पीडितले भोली काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज वरपर बढ्दो मानव–वन्यजन्तु द्वन्द्वका कारण निरन्तर मानवीय क्षति भइरहेको भन्दै पीडित समुदाय तथा अभियन्ताहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्।

रत्नपार्कस्थित शान्ति बाटिकामा शनिबार बिहान ११ बजेदेखि बर्दिया जिल्लालगायत निकुञ्ज आसपासका क्षेत्रबाट आएका पीडित परिवार, नागरिक समाजका प्रतिनिधि तथा अभियन्ताहरू प्रदर्शन गर्न लागेका हुन्।

प्रदर्शनकारीहरूले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइते नागरिकको तथ्यांक सार्वजनिक गर्दै राज्यले मानव–वन्यजन्तु द्वन्द्वलाई अझै गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। बाघ, हात्ती र गैँडाको आक्रमणका घटना बढ्दो क्रममा भए पनि रोकथाम तथा सुरक्षाका उपाय प्रभावकारी रूपमा लागू हुन नसकेका उनीहरुको भनाई छ ।

वन्यजन्तु आक्रमणबाट मृत्यु भएका परिवारलाई दिने क्षतिपूर्ति प्रक्रिया जटिल, ढिलो र अपर्याप्त छ। धेरै पीडित परिवार अझै क्षतिपूर्ति नपाई बसेका छन्।
मानव–वन्यजन्तु द्वन्द्वलाई राष्ट्रिय समस्या घोषणा गर्न, दीर्घकालीन व्यवस्थापन योजना लागू गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग उनीहरुको माग छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि