२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

बागमती, २५ पुसः बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेको धुलिखेलमा सञ्चालित प्रदेश स्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको मन्त्री तामाङले बताए ।

यस्तै स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित गरेको मन्त्री तामाङले जानकारी दिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि