२९ माघ २०८२, बिहीबार
मुख्‍य समाचार

ह्युमनोइड रोबोटिक्स : अब वालबच्चा र वृद्धहरूको हेरचाह

एजेन्सी । वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् ।

टीसिएलको एमी रोबले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम गर्न सक्नेगरी निर्माण गरिएका छन् ।

निर्माण कम्पनी एजिबोटका प्रवन्धक सन किनका अनुसार रोबोट धेरै लचिलो हुने गरेको र त्यसले मनोरञ्जन, कार्यक्रम र शिक्षामा ध्यान केन्द्रित गर्दछ । उनका अनुसार अर्को चरणमा मानिसको घरमा बच्चाको हेरचाह र वृद्धहरूको हेरचाह गर्नेगरी रोबोट तयार गरिनेछ ।

त्यस्तै, चिनियाँ कम्पनी युनिएक्स एआइले पहिले नै हरेक महिना ग्राहकहरूलाई १०० भन्दा बढी वान्डा रोबोर्ट डेलिभर गर्छ। वान्डाले भाँडा माझ्न, ओछ्यान बनाउन र लुगा धुन सक्छ ।

युनिएक्स एआईका संस्थापक फ्रेड याङले दिएको जानकारी अनुसार मागकर्ताहरुले मुख्यतया होटल, उद्योगे र सुरक्षाका लागि रोबोर्टहरु माग गर्ने गरेका छन् । ति रोबोर्टहरुले होटल सफा गर्ने काममा भूमिका निर्वाह गर्ने गरेका छन् । त्यस्तै, बोस्टन डाइनामिक्सको रोबोट एटलसले सिइएसमा पहिलो पटक सार्वजनिक रूपमा परेको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको