२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

काठमाडौँ, २४ पुसः भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आव्हान गरेको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरुपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानार्कषण गराएको हो । विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठानविरूद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज अभियान’ भनी विभिन्न विषयका १५ बुँदा दिई सामाजिक सञ्जालमा आएको र त्यसैदिन केही कलाकार जम्मा भई प्रतिष्ठानको गेटबाहिर विरोध कार्यक्रम सञ्चालन गरेको उल्लेख छ ।

यसले प्रतिष्ठानको काम कारबाही र पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेको भए पनि विभिन्न आरोप र आक्षेपप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले आरोप र विरोध सामाजिक सञ्जालमा गर्नु भन्दा लिखित र आधिकारीक रुपमा प्रतिष्ठानसँग माग राख्न अनुरोध गरेको बताए ।

हामीले सामाजिक सञ्जालमा प्रतिष्ठानको विरोध गरेको देख्यौँ, उनले भने, समाधानका लागि वार्तामा औपचारिक रुपमा आउनुपर्छ । हामी उहाँहरुका गुनासा सुन्छौँ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि