३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम रानीवन शाखाद्वारा दुई जना सडमानवको उद्धार

काठमाडौँ । मानवसेवा आश्रम रानीवन शाखाले काठमाडौँका विभिन्न स्थानबाट दुई जना सडकमानवको उद्धार गरी संरक्षणमा राखेको छ। काठमाडौँ महानगरपालिका–९ सिनामंगल क्षेत्रबाट ६० वर्षीय सत्य थापा र चन्द्रागिरी नगरपालिका–१० बलम्बु क्षेत्रबाट ४२ वर्षीय बौचा महर्जनलाई अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीको समन्वयमा उद्धार गरिएको हो।

स्थायी ठेगाना मोरङ रहेकी सत्य थापा घरपरिवार तथा आफन्तको अभावमा बेवारिसे अवस्थामा सडक जीवन बिताइरहेका थिइन्। त्यस्तै, बलम्बु क्षेत्रमा फेला परेका बौचा महर्जन पनि शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रही मागेर जीविकोपार्जन गरिरहेका थिए। स्थानीयवासीले दिएकाे सूचनाकाे आधारमा प्रहरीले उद्धार गरी मानवसेवा आश्रमलाई जिम्मा लगाएको हो।

उद्धार पश्चात दुवै जनाको प्रारम्भिक स्वास्थ्य परीक्षणसँगै आश्रममै सुरक्षित वातावरणमा बसोबास गरिरहेका छन्।

मानवसेवा आश्रमले ‘जसको केही छैन, जसको कोही छैन’ भन्ने मूल मन्त्रका साथ विगत १३ वर्षदेखि सडकआश्रित, बेवारिसे तथा  व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन सेवामा निरन्तर रूपमा काम गर्दै आएको छ। हाल आश्रमले देशभर २९ वटा शाखा सञ्चालन गर्दै ७७ जिल्लामा सडकआश्रित व्यक्तिहरूको जीवन संरक्षण र पुनर्स्थापनाका लागि सेवा प्रदान गरिरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि