३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान दलित र रन्जित कर्ण अपाङ्गता÷अल्पसङ्ख्यक, बागमती प्रदेशबाट गीता देवकोटा महिला, गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई अन्यमा उम्मेदवार कायम गरेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली अपाङ्गता÷अल्पसङ्ख्यक० र चन्द्रबहादुर केसी अन्य, कर्णाली प्रदेशबाट ललितजङ्ग शाही अन्य र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती अन्यलाई उम्मेदवार बनाएको छ ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर,महेन्द्र यादव, केन्द्रीय सदस्यहरु विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक विषयमा विचार व्यक्त गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि