१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

हङ्गर रिलिफ सप्ताह अन्तर्गत भक्तपुर शाखालाई खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण

भक्तपुर । हङ्गर रिलिफ सप्ताह अन्तर्गत मानवसेवा आश्रम भक्तपुर (कौशलटार) शाखामा काठमाडौँ सेन्ट्रल मिड टाउन लायन्स क्लब, काठमाडौँ मोडल लायन्स क्लब, काठमाडौँ सेन्ट्रल मिड टाउन लियो क्लब, काठमाडौँ अल्पाइन लायन्स क्लब र काठमाडौँ क्रिएटिभ इन्टरप्रेन्युर लायन्स क्लबद्वारा खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएकाे छ । भक्तपुर  शाखामा रहेका ३९ जना आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि साे सहयाेग प्रदान गरिएकाे हाे ।

लायन्स क्लब इन्टरनेशनलद्वारा प्रायोजित हङ्गर रिलिफ सेवा सप्ताह (३ जनवरीदेखि ११ जनवरी २०२५) को अवसरमा मानवसेवा आश्रम भक्तपुर शाखामा उक्त सहयोग प्रदान गरिएको हो। यस सहयोगले आश्रमका आश्रितहरूको दैनिकी र स्वच्छता व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

मानवसेवा आश्रम परिवारको तर्फबाट यस मानवीय सेवामा योगदान पुर्‍याउने सम्पूर्ण लायन्स तथा लियो क्लब परिवारप्रति हार्दिक आभार व्यक्त गरेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि