बागलुङ। बागलुङ उद्योग वाणिज्य संघले मानवसेवा आश्रम बागलुङ शाखालाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला– ८औँ बागलुङ महोत्सव २०८२ मा मानवसेवा आश्रम बागलुङ शाखाले २०८२ पुस ११ गतेदेखि २२ गतेसम्म टिकट व्यवस्थापनमा सहयाेग गरेकाे थियाे ।महोत्सवका क्रममा टिकट बिक्रीबाट प्राप्त रकमको ५ प्रतिशत आश्रमलाई उपलब्ध गराउने सहमतिअनुसार संघले उक्त रकम मंगलबार हस्तान्तरण गरेको हो।
मानवसेवा आश्रम बागलुङ शाखाले प्राप्त सहयोग रकम आश्रममा आश्रितहरूको सेवा व्यवस्थापनमा खर्च गरिने जानकारी दिएको छ।
प्राप्त सहयोगका लागि मानवसेवा आश्रम परिवारले बागलुङ उद्योग वाणिज्य संघ परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले देशभर सहयोगापेक्षी, असहाय तथा सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा निरन्तर सेवा गर्दै आइरहेको छ। बागलुङ शाखामार्फत पनि आश्रमले मानवसेवाको अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ।







