१३ फाल्गुन २०८२, बुधबार
कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

धनकुटा । नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।

आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।

हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

जिल्ला कमिटीका सबै उपस्थित कार्यकर्ताहरूले यो केवल व्यक्तिको मात्र चुनाव नभई सिङ्गो पार्टीको चुनाव भएकोले चुनाव जिताउन राजेन्द्रकुमार राईलाई नै उम्मेदवार बनाउनुपर्छ उनको नाम एकल रुपमा सिफारिस गरी पठाउनुपर्छ भन्ने पक्षमा रहेकाले आकांक्षी केही नेताहरूलाई सम्झाएर एकल निर्णय लिएको हो ।

एमालेमा केन्द्रीय सदस्य शकुन्तला बस्नेत प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका नेताहरु उम्मेदवारको आकांक्षी रहेका थिए । सबै आकांक्षीहरूको धारणा सुनेर सदस्यहरूको सुझावको आधारमा बैठकबाट पूर्वमन्त्री राईको एकल नाम सिफारिस गरिएको अध्यक्ष लिम्बुको भनाइ छ। राई यसअघि पनि प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका नेता हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि