१ बैशाख २०८३, मंगलवार
कोशी मुख्‍य समाचार समाचार

श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ, २१ पुस : यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ ।

गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।

लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाएका छन् । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

तन्छाका स्थानीयवासीका अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ करिब सयौँ मिटरभन्दा बढी फैलिएको अनुमान गरिएको छ । गुफाभित्रका ठूलाठूला नागका आकृति एवं विभिन्न देवी–देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती छ । रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशी जस्ता महत्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।

गाउँपालिका प्रमुख रविप्रकाशले धार्मिक तथा पर्यटकीयस्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागि परेको जानकारी दिनुहँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे। हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो, उनले भने, यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ ।

गुफाको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि