पाेखरा । शनिबार फेदीखोला गाउँपालिका-१, स्याङ्जाबाट ४६ वर्षीय रामचन्द्र शर्मा नामक पुरुषलाई मानवसेवा आश्रम कास्की शाखाको उद्धार उद्धार गरेकाे छ । नेपाल प्रहरी, स्थानीयबासीकाे समन्वयमा उद्धार गरी उनलाई हेम्जा शाखाकाे संरक्षणमा राखिएकाे छ ।
उद्धार पश्चात उनकाे प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आश्रमले सम्मानपूर्वक जीवनयावनका लागि वातावरण उपलब्ध गराएकाे छ ।
मानवसेवा आश्रमले उनको पारिवारिक पुनर्मिलनका लागि पहल सुरु गरेको छ। संस्थाले उनलाई चिन्ने जाे काेहीले परिवारजन,आफन्त वा व्यक्तिहरूलाई तत्काल सम्पर्कमा आउन अनुरोध गरेकाे छ। यस प्रकारको उद्धार सेवा आश्रमले मानवता, करुणा र सामाजिक उत्तरदायित्वको मूल्यमान्यता पालन गर्दै देशभर सञ्चालन गर्दै आएको छ।
आश्रमले सडकपेटी तथा सार्वजनिक स्थलमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याइ सहयोग पुर्याउनु सबैकाे दायित्व र जिम्मेवारी रहेकाे उल्लेख गरेकाे छ । आश्रमले भविष्यमा पनि सहयोगापेक्षी मानिसहरूको उद्धार र संरक्षणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।
मानवसेवा आश्रमले यस घटनालाई उदाहरण स्वरूप प्रस्तुत गर्दै मानवता नै सबैभन्दा ठूलो धर्म भएको संदेश सम्प्रेषण गरेको छ।







