१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

रजत जयन्तीको अवसरमा धम्पुस पैंगीला परिवारद्वारा आश्रमलाई आर्थिक सहयाेग

पोखरा । माछापुच्छ्रे गाउँपालिका–०७, धम्पुसस्थित धम्पुस पैंगीला परिवारले आफ्नो रजत जयन्तीको विशेष अवसरमा मानवसेवा आश्रम हेम्जा शाखामा भोजन सेवाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त अवसरमा पैंगीलामा परिवारले बिहानको विशेष भोजन सेवाका लागि नगद  ४० हजार  र आश्रम व्यवस्थापनका लागि सम्पूर्ण गुरुङ परिवारको तर्फबाट १२ हजार ६सय ७५ रूपैयाँ प्राप्त भएकाे छ । यस मानवीय सेवामा उपस्थित भई प्रेरणा र साथ सहयोग प्रदान गर्नुहुने संस्थापक अध्यक्ष क्याप्टेन देवबहादुर गुरुङ लगायत सम्पूर्ण गुरुङ परिवारप्रति मानवसेवा आश्रम परिवारले  आभार व्यक्त गरेको छ।

यस्ता सहयोग र सहकार्यले आश्रममा आश्रित व्यक्तिहरूको सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुग्नुका साथै समाजमा मानवता, करुणा र सेवाभावको सन्देश प्रवाह भइरहेको आश्रमले जनाएको छ। आश्रमले  २०८२ भित्रै मुलुकलाई  सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि