१३ फाल्गुन २०८२, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

काँक्रेविहार सुर्खेत, २० पुसः कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न रु १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए । चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उनले जानकारी दिए ।

सात स्थानीय तहमा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा बारेकोट–१ को हिमालयदेवी विद्यालय, वडा नं ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसाम, वडा नं ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँ र वडा नं ८ को विश्व आधारभूत विद्यालय सेपुखोला निर्माण गर्ने निर्णय भएको छ ।

त्यसैगरी, नलगाड नगरपालिका–१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौर, वडा नं ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोट र वडा नं ४ को भानुभक्त माध्यमिक विद्यालय, भेरी नगरपालिका–२ को शङ्कर भवन माध्यमिक विद्यालय बाहुनथाना, वडा नं १ को शिव माध्यमिक विद्यालय कालेगाउँ, छेडागाड नगरपालिका–१ को पिपलचौतारी आधारभूत विद्यालय, वडा नं ८ को पशुपति आधारभूत विद्यालय रौतनगाउँ, वडा नं ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवली तथा कुशे गाउँपालिका–६ को जनविकास प्राथमिक विद्यालय घरङ्ग र वडा नं ४ को धारापानी आधारभूत विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका–७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा, वडा नं २ को इन्द्रज्योति आधारभूत विद्यालय, जुनिचाँदे गाउँपालिका–६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेना, वडा नं २ को महादेव प्राथमिक विद्यालय, वडा नं ४ को जनशक्ति प्राथमिक विद्यालय, वडा नं ११ को महेन्द्र माध्यमिक विद्यालय तथा वडा नं ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गरिने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि