१४ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत इङ्गेज, औंठी साटासाटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

काठमाडौं । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर सेयर गरेकी छन्।

करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।

इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र फ्यानहरूमा उत्साह छाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि