१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

मानवसेवामा ४० हजार समर्पण गर्दै रनबहादुर गुरुङले मनाए ८४औँ जन्मदिन

पोखरा । पोखरा महानगरपालिका–१३, पृथ्वीमार्ग निवासी रनबहादुर गुरुङले आफ्नो ८४औँ जन्मदिन मानवसेवा आश्रम हेम्जा शाखामा मनाउनुभएको छ। जन्मदिनको अवसरमा बिहीबार आश्रममा आश्रित बुबाहरूका लागि विशेष भोजनसेवामा सहयोग गर्दै उहाँले नगद ४० हजार रूपैयाँ प्रदान गर्नुभएको हो।

जन्मदिनजस्तो महत्त्वपूर्ण दिनलाई मानवसेवासँग जोड्दै आश्रममा आश्रित बुबाहरूसँग खुसी साट्दै गुरुङले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। यस प्रकारको योगदानले आश्रममा आश्रितहरूका लागि पोषणयुक्त भोजन र सेवा व्यवस्थापनमा टेवा मिलेकाे छ ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवा प्रदान गराउँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि