१४ माघ २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ, १८ पुस : नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ ।

विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।

यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुमगन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि