१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

बाजागाजासहित पोल्ट्री दिवस मनाइयो

चितवन, १७ पुसः तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजा सहित प्रभातफेरी गरेर मनाइएको छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो ।

देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन् ।

चितवन औद्योगिक प्रदर्शनी परिसरबाट प्रारम्भ भएको प्रभातफेरी चौबीसकोठी– हाकिमचोक– स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवद्र्धन शाखाप्रमुख, यहाँस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ र चितवन नवलपुर दाना वितरक सङ्घका प्रतिनिधि सहभागी थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि