१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहनगरी र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर रहेको भन्दै त्यसलाई सुधार्न आवश्यक रहेको बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुन्छ । हाम्रो राज्य संरचना र हाम्रा सोचमा कहीँ कतै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणप्रति हाम्रो धेरै कमजोरी रहेका छन् । हामीले यसलाई सुधार गरेर जान आवश्यक छ । हामी आफैंले आत्मसमिक्षा गरेर अगाडि जाने ऐतिहासिक अवसर हो यो । अब हामीले धेरै विकास र समृद्धिको कुरा गर्ने भन्दा पनि तत्कालका लागि निर्वाचन गराउने विषयलाई नै प्राथमिकतामा राखेर जानुपर्छ।’

त्यस्तै उनले जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई आत्मसमिक्षा गर्न उत्प्रेरित गराउनुका साथै इतिहासको मञ्चबाट पन्छिने सबैलाई प्रश्न खडा गरेको बताए ।

‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई र समाजका सबैलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई एकातिर आत्मसमिक्षा गर्न उत्प्रेरित गर्यो । शक्तिशाली ढंगले भने अर्कोतिर नयाँ संकल्प गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि सबैलाई प्रश्न खडा गर्यो । यसको लागि जेनजी अभियान्तालाई धन्यावाद दिन चाहन्छु ।’ उनले भने अहिलेको विकल्प निर्वाचन मात्र रहेको भन्दै उनले वर्तमान सरकारले अप्ठ्यारोकाबीच चालेको यो कदमको प्रशंसा गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि