१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ स्याङ्जा, १६ पुसः आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ ।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता छन् ।

क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष तीन हजार ४७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा एक हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए । जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिएका हुन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए। गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि