२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

सरिता मल्ल ठकुरीद्वारा मानवसेवा आश्रम धरान शाखालाई न्यानो कपडा वितरण

धरान । जाडाे माैसमलाई मध्यनजर गर्दै मानवसेवा आश्रम धरान शाखामा न्यानो कपडा वितरण गरिएको छ।

धरान उपमहानगरपालिका–०८, गुराँस चोक निवासी सरिता मल्ल ठकुरीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा मानवसेवा आश्रम धरान शाखामा आश्रित २९ जना बुवाहरूका लागि न्यानो कपडा वितरण गर्नुभएको हो।

जाडोको मौसममा आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकहरूलाई न्यानो र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको यस सहयोगले आश्रमको सेवा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको आश्रमले जनाएको छ।

स्वर्गीय आमाको स्मृतिलाई मानवीय सेवामार्फत् अमर बनाउँदै गरिएको यस पुण्यकार्यप्रति मानवसेवा आश्रम धरान शाखाले सरिता मल्ल ठकुरीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रमले यस्ता सहयोग, सद्भावना र सहकार्यले समाजमा करुणा, मानवता र सेवाको भावना अझ सुदृढ हुँदै जाने विश्वास  गरेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि