धनगढी । मंगलबार धनगढी गाउँ नवदुर्गा टोलमा क्रियाशील नवदुर्गा आरती समूहले आरती कार्यक्रमका क्रममा संकलन भएको पिठो, चिनी, तेललगायतका खाद्य सामग्री मानवसेवा आश्रम धनगढी शाखाको सेवा व्यवस्थापनका लागि सहयाेग गरेकाे छ ।
नियमित रूपमा धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको नवदुर्गा आरती समूहले आश्रममा आश्रित असहाय, बेसहारा, अपांग तथा सडकजीवनबाट उद्धार गरिएका ५७ जना व्यक्तिहरूको दैनिक खानपान सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेको हो। यस सहयोगले आश्रमको दैनिकी सञ्चालनमा महत्वपूर्ण टेवा पुगेकाे छ।
उक्त सेवाकार्यमा सहजीकरण तथा समन्वय गर्नुहुने सामाजिक व्यक्तित्व लोकराज भट्ट र शान्ति गिरीको भूमिकालाई पनि मानवसेवा आश्रमले उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार व्यक्त गरेको छ।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्दै गरिएको यस सहयोगले समाजमा सेवा, करुणा र मानवीय भावनाको सन्देश प्रवाह गरेको छ।







