१ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई बेवारिसे पुरुषको उद्धार

रूपन्देही । साेमबार बुटवल उपमहानगरपालिका–६ स्थित लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी विभागबाट बेवारिसे अवस्थामा रहेका दुई जना पुरुषको उद्धार गरिएको छ।

उद्धार हुनेमा अन्दाजी ४० वर्षीय जितबहादुर परिवार र २८ वर्षीय सन्तोष रहेका छन्। दुवै जनाको हालसम्म पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन।

अस्पतालमा उपचाररत रहँदै आएका दुवै जनासँग लामो समयदेखि आफन्त सम्पर्कमा नआएपछि अस्पताल प्रशासनको सिफारिसमा मानवसेवा आश्रम रूपन्देही शाखाको संरक्षणमा राखिएको हो।

मानवसेवा आश्रमले दुवै जनाको उपचार, पालनपोषण तथा आवश्यक संरक्षणको जिम्मेवारी लिने जनाएको छ। साथै, पारिवारिक पुनर्मिलनका लागि आवश्यक सहयोग गरिदिन सबैमा आग्रह गरेकाे छ।

कोही नभएका र केही नभएका व्यक्तिहरूको उद्धार तथा  मानवीय सेवामा कटिबद्ध मानवसेवा आश्रम निरन्तर रूपमा सरकारको सहयोगी संस्थाका रूपमा सेवा प्रदान गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि