१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १५ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिए । उनका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना रहेका छन् भने अन्यमा चार जना छन् ।

नयाँतर्फ ११ हजार ५०७ जनाले नामावली दर्ता गराएका लोनियाले बताए। नागरिकताबाट दर्ता गराउने छ हजार १४१ जना रहेका छन् र राष्ट्रिय परिचयपत्रबाट दर्ता गराउने पाँच हजार ३६६ जना छन्, उनले भने मतदाता नामावलीमा नाम समावेश भए पनि १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउँदैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि