१८ फाल्गुन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम सुर्खेत शाखाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सुर्खेत । मानवसेवा आश्रम सुर्खेत शाखाको आर्थिक वर्ष ०८१/०८२ को सेवा प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिका-१२, नेवारेटोलस्थित मानवसेवा आश्रम सुर्खेत शाखाको प्राङ्गणमा साेमबार आयोजित कार्यक्रम सरोकारवाला निकाय, दाता सहयोगी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, आश्रमका अभिभावक तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा आश्रमले आ.व. ०८१/०८२ मा सम्पन्न भएका सेवा गतिविधि, उद्धार तथा पारिवारिक पुनर्मिलन सेवा, आय–व्यय विवरण तथा वित्तीय अवस्था सार्वजनिक गरेको थियो। प्रस्तुत सामाजिक लेखा परीक्षण प्रतिवेदनअनुसार चालु सेवा सञ्चालनतर्फ जम्मा सेवा योगदान १ करोड ३४ लाख ५२ हजार ४ सय ४१ रुपैयाँ रहेको छ भने जम्मा सेवा खर्च १ करोड ४३ लाख २९ हजार २ सय ४६ रुपैयाँ रहेको छ। यस अवधिमा ८ लाख ७६ हजार ८ सय ३२ रुपैयाँ बराबरको घाटा देखिएको छ।

त्यसैगरी पुँजीगततर्फ जम्मा आम्दानी ४ करोड २२ लाख ३७ हजार ९ सय ३७ रुपैयाँ र जम्मा पुँजीगत खर्च ६४ लाख ७८ हजार २ सय ३४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्षसम्मको अक्षयकोषमा १३ लाख ४१ हजार ५ सय २२ रुपैयाँ मौज्दात रहेकोमा चालु आर्थिक वर्षमा थप ४ लाख ४५ हजार ४सय ४४ रुपैयाँ संकलन भई कुल अक्षयकोष १७ लाख ८६ हजार ९ सय ६६ रुपैयाँ पुगेको छ।

सामाजिक लेखा परीक्षण विवरणअनुसार आश्रमको कुल सम्पत्ति ४ करोड ५० लाख १० हजार १६ रुपैयाँ रहेको छ। जसअन्तर्गत नगद मौज्दात र बैंक मौज्दात गरी जम्ममा ६२ लाख १९ हजार १  सय ९० रुपैयाँ रहेको छ। साथै, आश्रमको कुल सञ्चित कोष ५९ लाख २१ हजार ६सय ३८ रुपैयाँ रहेको छ।

कार्यक्रममा सहभागीहरूले केही नभएका र कोही नभएका व्यक्तिहरूको सेवामा आश्रमले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको पारदर्शिता, जवाफदेहिता र सेवा प्रभावकारितालाई सामाजिक लेखा परीक्षणले थप मद्दत पुर्‍याएकाे बताएका थिए।

मानवसेवा आश्रम सुर्खेत शाखाले आगामी दिनमा उद्धार, संरक्षण तथा पुनर्मिलन सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि