२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

आचार्य दम्पत्तीद्वारा मानवसेवा आश्रम धरानलाई १ लाख सहयोग

धरान। मानवसेवा आश्रम धरान शाखालाई आर्थिक सहयोग प्राप्त भएको छ। सेवा सञ्चालनको छोटो अवधिमा धरानबासी मनकारी दाताहरूले निरन्तर सहयोग गर्दै आइरहनु भएको छ। आश्रमको सेवा सरकारको आंशिक सहयोग तथा दाताको योगदानबाट सुचारू हुने गर्दछ।

सोही क्रममा धरान उपमहानगरपालिका–१, लक्ष्मीचोक निवासी धनञ्जय आचार्य तथा इन्द्रिरा आचार्यले शाखाको सेवा व्यवस्थापनका लागि नगद १ लाख सहयोग प्रदान गर्नु भएको छ। आचार्य दम्पत्तीले मानवीय सेवामा हातेमालो गर्न साे रकम योगदान गर्नुभएकाे हाे । केही नभएका र कोही नभएका व्यक्तिको सेवामा सहजता मिल्ने भन्दै दम्पत्तीलाई आश्रम परिवारले साधुवाद व्यक्त गरेको छ।

मानवसेवा आश्रमको २७ औँ शाखाका रूपमा गत असोज २९ गते धरान–१६, सनमार्गमा धरान शाखा औपचारिक रूपमा सञ्चालनमा आएकाे हो। हाल शाखामा २८ जना आश्रितहरू संरक्षणमा रहेका छन्। सहयोग कार्यक्रमहरू दिनप्रतिदिन बढ्दै गएपछि धरान शाखाको सेवा व्यवस्थापनमा सहज हुँदै गएकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि