१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

रात्रिकालीन सडकसेवा मार्फत शनिबार राति १० जना बेवारिसे व्यक्तिको उद्धार

काठमाडाैँ । मानवसेवा आश्रमका सबै शाखाहरूले हरेक शनिबार नियमित रूपमा रात्रिकालीन सडकसेवा सञ्चालन गर्दै आइरहेका छन्। यसै क्रममा शनिबार राति सञ्चालन गरिएको सडकसेवा मार्फत १० जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको छ।

जस मध्ये रानीवन शाखाबाट ४ जना, विराटनगरबाट २ जना तथा मुख्य कार्यालय हेटौँडा, सर्लाही, लमजुङ र नेपालगञ्ज शाखाबाट १/१ जना गरी १० जनाको उद्धार गरिएको हो।

हरेक शनिबार राति ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने रात्रिकालीन सडकसेवामा आश्रमका अभियन्ता, कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, स्वयंसेवक तथा अभिभावकहरूको सक्रिय सहभागिता रहँदै आएकाे छ। कठ्याङ्ग्रिदो जाडोमा खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको अवस्था अवलोकन गरी वास्तविक सहयोगको आवश्यकता परेकाहरूको पहिचान गरी उद्धार गरिन्छ ।

विभिन्न परिस्थितिका कारण सडकमा जीवन बिताउन बाध्य भएका तथा पारिवारिक साथबाट वञ्चित भएका बेवारिसे व्यक्तिहरूको उद्धार गरी आश्रमले सम्मानपूर्वक जीवनयापनका लागि सुरक्षित वातावरण प्रदान गर्दै आएको छ।

मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गर्दै सेवा प्रदान गरिरहेकाे छ । आश्रमले सन् २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित उद्धार अभियानलाई तीव्र बनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि