२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

स्वर्गीय गंगाराम कार्कीको स्मृतिमा झापा शाखामा लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग

झापा। मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा रहेकाे मानवसेवा आश्रम झापा शाखामा आश्रित आमाबुवाहरूका लागि लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग प्राप्त भएकाे छ ।

स्वर्गीय  गंगाराम कार्कीको आत्माको चीरशान्ति तथा बैकुण्ठ बासको कामना गर्दै कार्की परिवारका सदस्यहरूले उक्त सहयोग अर्पण गर्नुभएको हो। यस सहयोगले आश्रममा आश्रित आमाबुवाहरूको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेकाे छ ।

झापा शाखामा हाल विभिन्न परिस्थितिका कारण सडक जीवन बिताउन बाध्य भएका तथा पारिवारिक साथबाट वञ्चित ७२ आमाबुवाहरू आश्रित रहनुभएको छ। उहाँहरूको संरक्षण, पालन–पोषण, स्वास्थ्य उपचार तथा सम्मानजनक जीवन सुनिश्चित गर्न आश्रमले निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।

यस मानवीय सेवाका लागि मनिषा कार्की, रामबहादुर कार्की, अनिता कार्की, विशाल कार्की तथा सम्पूर्ण कार्की परिवारप्रति आश्रमले आभार व्यक्त गर्दै पुण्य कार्यले समाजमा करुणा, मानवता र आपसी सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

मानवसेवा आश्रम सरकारकाे आंशिक सहयोग तथा देश तथा विदेशमा रहनुभएका मनकारी दाताहरूको साथ सद्भावबाट सडकमानवहरूको उद्धार, उपचार, संरक्षण र पालनपोषण गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि