२ फाल्गुन २०८२, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

रनबहादुर गुरुङको ८४ औँ पूजाको उपलक्ष्यमा आश्रमलाई ३३ हजार याेगदान

पोखरा । मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूको सेवा सहज बनाउन मनकारी दाताहरूले विवाह वर्षगाँठ, जन्मदिन, पितृको स्मृति, विवाह तथा अन्य विशेष अवसरहरू पारेर स्वेच्छिक रूपमा सहयोग गर्दै आइरहनुभएको छ।

यसै क्रममा पोखरा महानगरपालिका–१३, काउखोला निवासी रनबहादुर गुरुङले आफ्नो ८४ औँ पूजाको पावन अवसरमा मानवसेवा आश्रमलाई३३ हजार ५ सय रूपैयाँआर्थिक सहयोग प्रदान गर्नुभएको छ।

दुःखी, असहाय, कोही नभएका र केही नभएका व्यक्तिहरूको सेवामा थोरै भए पनि योगदान गर्न पाउँदा आफूलाई खुशी लागेको  जानकारी बताउनुभयाे ।

गुरुङ परिवारको तर्फबाट प्राप्त उक्त सहयोगले मानवसेवा आश्रम हेम्जा शाखामा आश्रित व्यक्तिहरूको भोजन सेवा सञ्चालनमा  टेवा पुगेको छ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि