१२ पुष २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए । निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग निवासमा पुगेर छलफल गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि