१२ पुष २०८२, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट बागलुङ, ११ पुसः आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आज झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे ।

पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए ।

पर्यटन प्रवर्द्धन, जिल्लाको विकासमा महोत्सवले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र रु १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि