१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन् । सिफारिस भएका कर्मचारीहरूको बढुवा प्रक्रिया प्रचलित कानुन तथा नियमावली अनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि