चन्द्रपुर। चन्द्रपुर नगरपालिका–४, देउराली चोकबाट कान्छा बगाले थापा नाम बताउने ६० वर्षीय पुरूषलाई मानवसेवा आश्रम राैतहट शाखाले उद्धार गरेको छ। मंगलबार सडकपेटीमा बेवारिसे अवस्थामा भेटेपछि नेपाल प्रहरी, समाजसेवी, स्थानीय व्यापारीकाे पहलमा उनलाई उद्धार गरी आश्रमको संरक्षणमा राखिएकाे छ।
उद्धारपछि उनको स्वास्थ्य अवस्था जाँच गरी आवश्यक पालनपोषणकाे जिम्मेवारी आश्रमले लिएको छ। उनको पारिवारिक पृष्ठभूमि खुल्न नसकेका कारण हालसम्म पारिवारिक पुनर्मिलन प्रक्रिया अगाडि बढाउन सकिएको छैन। पारिवारिक पुनर्मिलनका लागि आवश्यक समन्वय गरिदिन हुन आश्रमले सबैसँग अनुरोध गरेको छ।
मानवसेवा आश्रमले सडकआश्रित, बेवारिसे, सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, उपचार तथा संरक्षणका निम्ति निरन्तर सक्रिय हुँदै आएकाे छ ।







