१२ पुष २०८२, शनिबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मानवसेवा आश्रम झापा शाखाद्वारा आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन तथा आय–व्यय सार्वजनिक

झापा। मानवसेवा आश्रम झापा शाखाले बिहीबार आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनसहित आय–व्यय विवरण सार्वजनिक गरेको छ। झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीमा सञ्चालनमा रहेको शाखाले औपचारिक कार्यक्रममार्फत आफ्नो वार्षिक प्रगति तथा आर्थिक विवरण सार्वजनिक गरेको हो।

मानवसेवा आश्रमले २०८१ मंसिर २३ गते झापा शाखालाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो, जुन आश्रमको १७औँ शाखा हो। कार्यक्रममा एक वर्षको अवधिमा आश्रमले गरेका गतिविधि, सेवा प्रवाह र आर्थिक अवस्थाबारे जानकारी गराइएको थियो।

सार्वजनिक विवरणअनुसार आश्रम सञ्चालनतर्फ ५४ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ सेवा आम्दानी भएको छ भने ५४ लाख ८१ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ। त्यस्तै पूजीगततर्फ ३२ लाख ६६ हजार ३ सय ४८ रुपैयाँ आम्दानी भएको छ। शाखाको समग्र सम्पत्ति २ करोड २६ लाख ७१ हजार १ सय १८ रुपैयाँ पुगेको छ। आश्रमको अक्षयकोषमा भने २ लाख ५२ हजार ८ सय ८० रुपैयाँ, नगद मौज्दात २१ हजार १ सय ८९ रुपैयाँ तथा बैंक मौज्दात ९ लाख २७ हजार १ सय १३ रुपैयाँ रहेको जनाइएको छ।

कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका मन्त्री एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर–४ का वडाध्यक्ष अर्जन कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, पत्रकार चन्द्र भण्डारीलगायत अन्य स्थानीय जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख, बुद्धिजीवी, समाजसेवी, आश्रमका अभिभावक तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

झापा शाखाकाे भवन निर्माणका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधानले आफ्नो स्वामित्वमा रहेको २ बिघा ५ कट्ठा जग्गा मानवसेवा आश्रमलाई निःशुल्क रूपमा प्रदान गर्नुभएकाे हाे ।

झापा शाखाले हालसम्म १ सय २१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिसकेको छ। उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ। हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि