१२ पुष २०८२, शनिबार
कोशी मुख्‍य समाचार समाचार

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट उदयपुर, १० पुसः जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबारदेखि गएरातिसम्म त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता, त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको हो ।

सोमबार रातिमात्र करिब ७० जतिको समूहमा आएका हात्तीले नगरका वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखेरेललगायत स्थानीयको घर भत्काएको विष्णु भुजेलले जानकारी दिए ।

मङ्गलबार राति समूहमा आएका हात्तीले वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायत स्थानीयको घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पु¥याएको स्थानीय देवीलाल चौधरीले बताए ।

रातिको समयमा ७०–७५ जतिको समूहमा हात्ती आउने, गाउँमा प्रवेश गरी अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय राति आगो तापेर बस्न थालेका त्रियुगा–६ मोहनपुरका कृष्ण कार्कीले बताए । कतिपय स्थानीयको घर पूर्ण रूपमा क्षति भएका छन् घने कतिपयका आंशिक क्षति भएका र भत्किएका छन्, उनले भने ।

हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातिको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रहरीले माइकिङ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातिको समयमा गस्ती गर्ने योजना बनाएको छ”, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि