१२ पुष २०८२, शनिबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अठार ज्येष्ठ नागरिक सम्मानित

देवदह रुपन्देही, १० पुसः कमलापति–गङ्गादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको आठौँ वार्षिकोत्सवको ८० वर्ष पूरा भएका र सोभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान प्रमुख हरिप्रसाद अधिकारीले बताए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कलाधर पन्थ, उपाध्यक्ष गङ्गा पन्थ, राष्ट्रिय परोपकार महासङ्घ नेपालका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष भागवत भाष्कर कमल नयन गौतम, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराई, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाको प्रमुख शान्ति सुवेदीलगायतले बुधबार ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

प्रतिष्ठानका महासचिव गोविन्दराज अधिकारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताए । यसले ज्येष्ठ नागरिकमा ऊर्जा थपेको अनुभूति भएको उनले बताए । महासचिव अधिकारीका अनुसार संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आइरहेको छ । संस्थाको मूल उद्देश्य परोपकार गर्नुरहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि