१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पूर्वदलीय विवाद टुंग्याउँदै राप्रपा र राप्रपा नेपाल एकतामा

काठमाडौं । लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता सहमति भएको छ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकता सहमति पत्रमा साँझ ७ बजे हस्ताक्षर गरेका हुन् ।

अनुसार सहमति भए पनि पद बाँडफाँटको कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’

पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित गराइएको आरोप लगाएका थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।

यस एकताले पार्टीको राष्ट्रिय राजनीतिक प्रभाव बढाउने र आगामी चुनावमा एकजुट शक्ति प्रस्तुत गर्ने संभावना बनाएको विश्लेषकहरु बताउछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि