१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

मानवसेवा आश्रम रानीवनमा नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानद्वारा मनोचिकित्सक शिविर सम्पन्न

काठमाडौँ । मानवसेवा आश्रम रानीवन शाखामा नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य संस्थान(NIOMH) को आयोजनामा मनोचिकित्सक शिविर सम्पन्न भएको छ। शिविरमा आश्रममा आश्रित मानसिक रोगी बिरामीहरूको मानसिक स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार प्रदान गरिएको छ।

नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य संस्थान र मानवसेवा आश्रमबीच छ महिनाअघि भएको सम्झौताअनुसार प्रत्येक महिनामा दुई पटक मनोचिकित्सक शिविर सञ्चालन गर्ने सहमति भएको थियो। विभिन्न कारणले नियमित रूपमा सञ्चालन हुन नसकेको उक्त शिविर अब भने निरन्तर रूपमा सञ्चालन हुने भएको छ।

शिविरमार्फत आश्रममा रहेका गम्भीर मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। यसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सेवामा पहुँच सबलीकरण गर्ने उद्देश्य राखेको छ। संस्थानले उक्त शिविर निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।

शिविरमा डाक्टर श्रीया बास्टाकोटीले सहजीकरण गर्नुभएको थियो, जसमा २३ जना आश्रितहरू लाभान्वित भएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि