१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।
चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि