७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव

भक्तपुर, ५ पुस ः विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको अभाव हुन थालेपछि उपत्यकामा कार्यरत नेपाल प्रहरीका विभिन्न शाखा तथा सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । उनीहरूलाई राख्ने व्यवथा मिलाउन समस्या हुन थालेकाले सहयोग गर्न अनुरोधसमेत गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले कानुनको विवादमा परेका बालबालिकासम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउने विषयमा सबैको ध्यान जानुपर्ने बताए ।

सदस्य सचिव ढकालले भन्नुभयो, “हिंसा एवं पीडामा परेका बालबालिका, किशोरीलाई उद्धारपछि राख्ने सुरक्षित आवास अत्यावश्यक छ । यसबारेमा मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ, एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास गृह आवश्यक । नयाँ आएका मन्त्रीसँग यसबारेमा कुरा गर्नेछौँ ।

परिवार र आफन्तबाट हुने हिंसाका घटनामा धेरैजसो मुद्दा चल्न नदिने र भित्रभित्रै मिलाउने समस्याहरू रहेको भन्दै उजले नौ वर्षमा एक बाल सुधारगृह नुवाकाटेमा थपिँदा बल्ल नौ वटा पुगे पनि अझै सुधारगृह थप आवश्यक रहेकाले यसबारेमा पनि मन्त्रीसँग छलफल गरिने बताए।

विगत ३१ वर्षदेखि बालअधिकार संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानुनको कार्यान्वयन गर्ने निकायले निकासमा पु¥याएर पीडितलाई न्याय दिने मामिलामा सशक्त भएर उभिनुपर्नेमा जोड दिए।

उनले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने औँल्याउँदै भने, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यवहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।

राष्ट्रिय बालअधिकर परिषद्का सूचना अधिकृत रामबहादुर चन्दले कानुन कार्यान्वयनमा ल्याउन कुनै दबाबमा पर्न नहुने औँल्याए । उनले कानुनमा अनुसन्धान, बालबालिकासम्बन्धी ऐन–२०७५, पीडित बालबालिकाको अधिकार, अनुकूल न्यायको व्यवस्थलगायतका बारेमा जानकारी गराएका थिए ।

नेपाल प्रहरी अपारध अनुसन्धान विद्यालयका प्रहरी निरीक्षक महेन्द्र अर्यालले सहभागी बालिका विपना बस्नेतले उजुरी लिएरै प्रहरीमा जान बालबालिकालाई डर लाग्ने बताउँदै बालबालिकासँग प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।

खोजतलास केन्द्रका प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेसहित भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न प्रहरी कार्यालयमा कार्यरत महिला सेलका प्रहरीहरूले हिंसापीडित बालबालिकाको अवस्था, उद्धारपछि राख्ने सुरक्षित आवासको अभाव रहेको बताएका छन ।

बालबालिका खोजतलास केन्द्र १०४ का सन्तोष अधिकारीले विपत्मा परेका हिंसा एवं सडक बालबालिकालाई राख्ने ठाउँको अभाव हुँदा जुनसुकै बेलामा पनि खबर गर्न आग्रह गरे । सिविसकी टिम लिडर रुजा पोखरेलले बालमैत्री प्रक्रियाहरू प्रयोग गर्दै बालबालिका केन्द्रित घटनाको अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि