७ पुष २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज, ४ पुसः पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ ।

पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो । कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ डेस्टिनेशन प्लानर र सञ्चारकर्मी गरी झण्डै १०० पर्यटन प्रतिनिधिको सहभागिता रहने नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसले सघाउ पु¥याउछ, उनले भने । कन्क्लेभमा पर्यटन र पर्यटकका विषयमा नेपाल–भारत दुई देशबीचका सीमा सम्बन्धी मुद्दा, पर्यटन अन्तरसम्बन्ध र नेपालगञ्ज भारतीयका लागि गन्तव्य बन्न सक्छ भन्ने लगायतका विषयमा अन्तरसंवाद हुने छ ।

पूर्वअध्यक्ष सिग्देलका अनुसार नेपाली पर्यटन व्यवसायी र पर्यटन जानकार सम्मिलित यस इभेन्टमा व्यापार साटासाट बिटुबी सेसनका लागि नेपाली पर्यटन व्यवसायी ट्राभल एजेन्सी, एयरलाइन्स, क्यासिनो लगायतका झण्डै अढाइ दर्जन कक्ष बुक गरिएका छन् । नेपालगञ्जस्थित कारकाँदोमा सञ्चालन हुने उक्त कार्यक्रममा भारतीय पाहुना र अन्य सरोकारवाला आज बेलुकासम्म नेपालगञ्ज आइपुग्ने उनले बताए ।

तीन दिनसम्म नेपालगञ्जमा सञ्चालन हुने उक्त कार्यक्रममा बागेश्वरी दर्शन, क्रस बार्डर टुरिजम अन्तरसंवाद, बिटुबी, प्रपर्टी भिजिट, क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारी हुने नाट्टा बाँकेले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि