७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

अपाङ्गता होइन, अठोटको जित, बैसाखीको सहारामा एमाले महाधिवेशनमा गैरे

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं. २ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो ।

नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति गर्व व्यक्त गरे ।

गैरेका अनुसार नेकपा एमाले आफू आबद्ध भएको विचार र सिद्धान्तका आधारमा देशकै सबैभन्दा राम्रो पार्टी हो । ‘पार्टीले हामीजस्ता शारीरिक रूपमा अशक्त व्यक्तिलाई पनि समान सम्मान र स्थान दिएको छ, यही नै एमालेको विशेषता हो,’ उनले भने ।

महाधिवेशनमा आफ्नो व्यक्तिगत कुनै पद वा आकांक्षा नरहेको स्पष्ट पार्दै उनले आउने नेतृत्वलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान आवश्यकता अनुसार केपी शर्मा ओलीलाई पुनःपार्टी अध्यक्षमा जिताउन सबै प्रतिनिधिहरूलाई अपिलसमेत गरेका छन् ।

अपाङ्गता हुँदाहुँदै पनि महाधिवेशनमा सक्रिय सहभागिता जनाउनु आफ्नो लागि गर्वको विषय भएको बताउँदै गैरेले एमाले पार्टीप्रति आफ्नो विश्वास अझ बलियो भएको धारणा व्यक्त ग्रे । उनको उपस्थितिले पार्टीभित्र समावेशीता र समान अवसरको अभ्यासलाई थप बल पुगेको देखिएको छ ।
शारीरिक कठिनाइलाई चुनौती दिँदै पार्टीको महाधिवेशनमा सहभागी भएका गैरेजस्ता प्रतिनिधिहरूले नेकपा एमाले केवल राजनीतिक पार्टी मात्र नभई संघर्ष, समर्पण र समावेशी सोचको साझा मञ्च भएको सन्देश दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि