७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौँ, २९ मङ्सिरः निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर–जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।

आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर–जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो । समाजका अध्यक्ष फणिन्द्र नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले अन्तर–जिल्ला रुपमा बसोबास गर्ने मतदातालाई पनि सहज रूपमा मतदान गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए ।

उनले भने, आगामी निर्वाचनमा अन्तर–जिल्ला मतदान, अस्थायी मतदाता दर्ता वा प्रविधिमार्फत सुरक्षित मतदान प्रणाली लागू गर्न सकिने सम्भवना छ । समाजले नेपालका धेरै नागरिक शिक्षा, रोजगारी, व्यापार तथा अन्य कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेकाले स्थायी ठेगानामै जानुपर्ने बाध्यताका कारण धेरै नागरिक मतदानबाट वञ्चित हुनुपरेको विषयमा जानकारी गराएको अध्यक्ष नेपालले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि