७ पुष २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भैरहवा रूपन्देही, २९ मङ्सिरः सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।

गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि