३ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैन : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे ।

कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’

उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद्धति विकास गर्नुपर्नेमा बल दिए । पाण्डेका अनुसार यस्तो परिपाटी स्थापित हुँदै गयो भने पार्टीलाई कसैले कमजोर बनाउन नसक्ने र महाधिवेशनको यही ‘लडाइँ’मा एमाले सफल हुने विश्वास उनले व्यक्त गरे ।

साथै, उनले पार्टीभित्र नेतृत्व दोहोरो नदोहोरिने प्रावधान अनिवार्य गर्नुपर्ने माग पनि दोहोर्याए । ‘हामी यो पार्टीलाई लोकतान्त्रिक बाटोबाट हिँडाउन चाहन्छौं । यसको लागि दुई पटकभन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था विधानमै गर्नुपर्छ । यसको लडाइँ हामी गरिरहेका छौँ,’ पाण्डेले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि