३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।
विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।
उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । निर्वाचन भइहाल्यो भने राप्रपा निर्वाचनबाट भाग्दैन् । निर्वाचनको तयारीसँगै अगाडि बढाएर जान्छ ।’
यस्तै, उनले बैठकमा समग्रमा अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन, आन्दोलन आदीका बारेमा छलफल र बहस भइरहेको भन्दै बैठकमा सहभागिहरुले आफ्नो भनाई राख्ने काम जारी रहेको बताए । बोल्ने काम सकिपछि भोलि बैठक समापन हुने पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि