१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ब्राइट स्पार्क अवार्ड

काठमाडौँ, २४ मङ्सिरः अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले एआई विधाको प्रयोग गरी खानी तथा उद्योग क्षेत्रको काममा सहयोग पुर्याउने सञ्चार उपकरण सेट तयार गरेवापत नेपाली विद्यार्थीलाई ‘ब्राइट स्पार्क अवार्डबाट पुरस्कृत गरेको छ ।

सो विश्वविद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी स्नातक तहमा अध्ययनरत काठमाडौँका २२ वर्षीय श्यामसुन्दर श्रेष्ठलाई प्रतिष्ठित रूपमा लिइने सो पुरस्कारबाट सम्मान गरेको हो ।

नेपाली विद्यार्थी श्रेष्ठ सहित उनको टोलीले खानी तथा भारी उद्योगका लागि ‘एआई मोड्युल विकास गरेकामा उच्च मूल्याङ्कन सहित पुरस्कृत गरेको विश्वविद्यालयले स्पष्ट गरेको छ । उनीहरूले आविष्कार गरेको उपकरणले एनालग रेडियो नेटवर्कमा जोडिए सुरुङ खानी क्षेत्रमा रहने कामदार र एआई एजेन्टबीच वाकी–टकीमार्फत कुराकानी गर्न सकिने बताइएको छ ।

सो विश्वविद्यालयका अनुसार यस प्रविधिले महङ्गो नयाँ पूर्वाधारको आवश्यकता बिना नै कामदारलाई प्राविधिक डेटा, सुरक्षा प्रोटोकल तथा अन्य महत्वपूर्ण जानकारी छिटो एवम् सहजरूपमा उपलब्ध गराउनसक्ने भएको छ ।

करिव ३०० प्रतिष्ठित उद्योगी व्यावसायी समेतको विशेष उपस्थितिमा आयोजित पुरस्कार छनोट प्रतियोगिता फाइनल पिच का अवसरमा नेपाली विद्यार्थी श्यामसुन्दर श्रेष्ठले पूर्ण खानी सुरक्षा पोशाक माइनिङ सेफ्टी गियर लगाएर प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेको जानकारी दिए। उनले नवपवद्र्धनमा विशेष भूमिका निर्वाह गरेवापत पाइने सो पुरस्कारबाट सम्मानित भएपछि सङ्छिप्त प्रतिक्रिया दिँदै अस्ट्रेलियामा आएर मेहनतका साथ अध्ययन गरी नेपाल र नेपालीको इज्जत प्रतिष्ठा बढाउन सफल भएको बताए ।

विशेषगरी नवप्रवद्र्धन र उद्यमीशीलता सहित स्टार्ट अफ सम्बन्धी सिर्जननात्मक काममा सरल र सहज बनाउन सहयोग पुर्याउने सोचसहित आविष्कारमा संलग्न युवा विद्यार्थीलाई विश्वविद्यालयले पुरस्कृत गर्दै आएको जनाएको छ । सन् २००१ देखि सुरु भएको यस किसिमको कार्यक्रमबाट एक हजार १०० भन्दा बढी ‘स्टार्टअपहरू सुरु गर्न सहयोग पुगेको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि