७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौँ, २५ मङ्सिरः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान रहेको धारणा राखे ।

नेता सिंहले महिलालाई मताधिकार हुनुपर्छ भनेर मङ्गलादेवीले आवाज उठाएकाले महिलाहरूले पनि मतदान गर्न पाउने अधिकार पाएको स्मरणसमेत गरे । महिलालाई मताधिकारको प्रयोग गर्न दिनेदेखि पढ्न पाउनुपर्ने माग मङ्गलादेवी कै कारण पूरा भएको हो, उनले भने ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्री मङ्गलादेवीको १००औँ जन्मजयन्तीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्यक्रम रहेको महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले जानकारी दिए ।

मङ्गलादेवीको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउने सन्दर्भमा पनि उनले गरेका सङ्घर्षलाई पुनः ताजगी गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिने पुडासैनीले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि