७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ : ३० बजेदेखि बस्दैछ ।
बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।
आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि