७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार सुर्खेत, २४ मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन ।

प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको जानकारी दिए । उनले भने, नतिजा देखिने गरी कर्मचारीले कार्यसम्पादन गर्नुपर्छ । सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ । योजना छनोट प्रक्रियामा विज्ञताभन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोतसाधन छरिएको र प्रतिफल आउन नसकेको हो

मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने जनाउँदै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि