१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ, २४ मङ्सिरः सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका महसुल भुक्तानी सहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् ।

क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरण सम्बन्धीकार्य गर्नुपर्ने भएकाले यही मङ्सिर २६ गते दिउँसो ३ः०० बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडान लगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि